असोज ०६, २०८१, आइतबार
               

अमेरिकामा कोरोनाबाट १ हजारभन्दा बढी कैदीको मृत्यु

एजेन्सी
भदौ ११, २०७७

ADVERTISEMENT

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ हजारभन्दा धेरै कैदीहरुको मृत्यु भएको छ ।

एसीएलयूले ट्वीट गरेर देशभरका जेलहरूमा रहेका १ हजारभन्दा धेरै कैदीहरूको कोरोनाका कारण मृत्यु भएको बताएको हो ।

अमेरिकामा अहिलेसम्म १ लाख ८३ हजार ६७७ जनाको मृत्यु भएको छ भने ६० लाख १ हजार १०३ जनालाई कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ७३८ जना नयाँ संक्रमित थपिएका छन् भने २४ जनाको मृत्यु भएको छ । 

अमेरिकामा ३३ लाख १४ हजार ६६४ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख २ हजार ७६२ जना उपचाररत छन् ।

अमेरिकामा १६ हजार ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो पनि