असोज ०६, २०८१, आइतबार
               

भूतहीपुल नजिकै मोटरसाइकल दुर्घटना, एकको मृत्युु

रासस
भदौ ११, २०७७

ADVERTISEMENT

कलैया । बाराको महागढीमाई नगरपालिका–२ भूतहीपुल नजिकै मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । 

आज बिहान ९ बजेका समयमा रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर पल्टिएको स्थानीयले बताएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक रौतहटका ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि