बैशाख २५, २०८१, मंगलबार
               

चट्याङबाट एकको मृत्यु, तीन घाइते

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । 

चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए ।  उनले भने,“चट्याङबाट अन्य तीन जना घाइते भएका छन ।”

उनका घाइते हुनेमा अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ बर्षीय भावना भुल र ३७  वर्षीय पशुपति सार्की  रहेका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको  छ । 


कस्तो लाग्यो ?

यो पनि