जेठ ०४, २०८१, शुक्रबार
               

भारतीय सीमाबाट स्रोत नखुलेको २८ लाखसहित एकजना पक्राउ

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

रौतहट । स्रोत नखुलेको २८ लाखसहित एकजना पक्राउ परेका छन् । 

रौतहटस्थित भारतीय सिमानासँगै जोडिएको इशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको सो रकमसहित एक जनालाई पक्राउ गरेको हो ।

सो रकमसहित राजपुर नगरपालिका नाै बैरियाका शिवनाथ साहको छोरा वर्षका २० का दीलिपकुमार साह पक्राउ परेका हुन् । सशस्त्रका एसपी सूर्यबहादुर सेन ओलीका अनुसार उनी २८ लाख ५१ हजार नाै सय ६० रुपैयाँसहित पक्राउ परेका हुन् । 

सो रकम बिआर ३० एन ९५८० नम्बरको मोटरसइकलमा भारतीय क्षेत्रबाट बिहीबार बरामद गरिएको हो । हाल बरामद रकमसमेत दीलिपकुमार साहलाई जिल्ला भन्सार कार्यालय गौरमा बुुझाउने तयारी भइरहेको एसपी ओलीले बताए ।

यो पनि