असोज ०६, २०८१, आइतबार
               

सशस्त्र प्रहरीले चलाएको गोली लागेर झापामा १ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका एकजनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बिएन्डसी अस्पतालमा झापा गाउँपालिका-३ का रफिक आलमको मृत्यु भएको हाे ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहका अनुसार स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका-३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएका थिए । सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्र प्रहरी टोलीले आठ राउन्ड गोली चलाएको थियो।

प्रहरीले भने आलमको मृत्युबारे आधिकारिक जानकारी दिएको छैन।

पक्राउ परेकाहरुलाई लैजान नदिन स्थानीयको ठूलो भीडले प्रहरीलाई अवरोध गरेको थियो । त्यसक्रममा झडप भएको झापा प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि