मंसिर ०१, २०८१, शनिबार
               

सरकारले गर्‍यो ६० जना सह-सचिवको सरूवा (सूचीसहित)

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले ६० जना सह-सचिवको सरूवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयका सह-सचिवहरूको सरुवा गरेको हो ।

संघका मन्त्रालयमा रहेका वरिष्ठ सहसचिवलाई प्रदेशमा पठाइएको छ, भने प्रदेश सचिवको रुपमा कार्यरत सहसचिवहरूलाई संघमा ल्याइएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको सामाजिक विकास मन्त्रालय प्रदेश ५ मा सरुवा भएको छ। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री प्रदेश १ को भौतिक तथा योजना मन्त्रालयको सचिव बनेका छन्।

आन्तरिक तथा कानुन मन्त्रालय प्रदेश २ का सचिव कृष्णहरि पुष्कर गृह मन्त्रालय आएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव दिनेश घिमिरे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश १ मा पुगेका छन् ।


कस्तो लाग्यो ?

यो पनि