जेठ ०७, २०८१, सोमबार
               

लमजुङमा पाँच वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । लमजुङमा पाँच वर्षीया बालिका बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको राइनास नगरपालिका–९ काउरेपानी नयाँगाउँ निवासी २२ वर्षीय अजय घर्तीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

पक्राउ परेका घर्तीले यही साउन २९ गते घरमा कोही नभएको समय पारेर बालिकालाई बलात्कार गरेको प्रहरीको भनाइ छ । सोही विषयको आधारमा जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कार गर्ने ती युवकमाथि जिल्ला अदालत लमजुङबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि