जेठ ०५, २०८१, शनिबार
               

कञ्चनपुरको डोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गए राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि डोकेबजार क्षेत्र पूर्णरूपमा बन्द गरेको हो ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम, नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । बन्दको अवज्ञा गरेको पाइए सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानूनबमोजिम कारवाही हुने उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि