बैशाख १६, २०८१, आइतबार
               

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका ललितपुरका प्रमुख प्रशासकीय अधिकृत र सव-इन्जिनियरविरुद्ध  आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार गरेकाे आरोपमा मुद्दा दायर गरेकाे छ । 

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तानले निर्माणाधिन आयोजनाको बील भुक्तानीका लागि सेवाग्राही १ लाख ५० हजार घूस लिएको अवस्थामा नियन्त्रणमा लिएकाे अख्तियारले जनाएकाे छ । 

अनुसन्धानको सिलसिलामा गोदावरी नगरपालिका ललितपुरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तानसमेतले निर्माण कार्य सम्पन्न भएको कामको बिल भुक्तानी दिनको लागि घूस मागेकाे र घूस नदिए भुक्तानी गर्न नसक्ने भनी चेकहरू रोकेकाे  तथा १ लाख ५० हजार लिई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेकाे अख्तियारले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि