जेठ ०२, २०८१, बुधबार
               

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालगंज उपमहानगरपालिका-१३ उधौपुरुवा बस्ने २२ वर्षीय ओम प्रकाश सिंहलाई २० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित किसान इँट्टाभट्टामा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनले प्रयोग गरेको १ थान साईकल सहित पक्राउ गरेको हो ।

दाङ, लमही नगरपालिका-२ श्रीगाउँबाट ३९ ग्राम लागूऔषध ब्राउन सुगरसहित कपिलबस्तु शिवराज नगरपालिका-२ बस्ने ४० वर्षीय शालिक राम सारु मगरसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित ड्रिमल्याण्ड होटलमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा उक्त लागूऔषध फेला पारी उनले प्रयोग गर्ने गरेको बा.१२ च २११६ नम्बरको गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो ।

महोत्तरी, मनरा सिस्वा नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध २ सय १ बोतल कोरेक्स र ६ सय ट्याब्लेट नाईट्रोभेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ज.७ प. ४३५६ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ सम्सी पोखरभिण्डा बस्ने ३० वर्षीय अनिल महतो र उनकै भाइ २६ वर्षीय अजय कुमार महतो रहेका छन् ।

त्यस्तै ईलाम, माङसेबुङ गाउँपालिका-५ बस्ने १९ वर्षीय प्रेम राई र सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई २ केजी अवैध लागूऔषध गाँजासहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पेल्टिमारी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चुलाचुली गाउँपालिका-५ स्थित झापा र ईलामको सिमानामा जाँच गर्ने क्रममा उनीहरूले बोकेको झोलामा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यता मोरङ, केराबारी गाउँपालिका-५ बस्ने २२ को रुपेश राई लगायत ३ जनालाई नियन्त्रित लागूऔषध ९५ एम्पुल डाईजेल्याब, ९४ एम्पुल एभिल र ९७ एम्पुल लुपिजेसिक सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रही प्रधान कार्यालय काठमाडौंले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि