कात्तिक ३०, २०८१, शुक्रबार
               

भारतको उत्तर प्रदेशमा एक पत्रकारको  हत्या

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

भारतको उत्तर प्रदेश बालिया जिल्लाका पत्रकार रतन सिंहको हत्या भएको छ । ती पत्रकारको हत्या उनकै निवास बालिया जिल्ला फेपना गाउँमा भएको बताइएको छ ।

भारतीय प्रहरीका अनुसार पत्रकार रतन सिंहको हत्या उनको निवासमा सोमबार साँझ भएको हो । 

हाल उनको  हत्याबारेमा अनुसनधान भएको बताइएको छ ।भारतीय प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती पत्रकार र सोही गाउँका केही व्यक्तिबीचको पुरानो रिसइबी रहेको छ ।

उनको मृत्युको कारण त्यहीँ रिसइबी हुन सक्ने उनको प्रहरीको अनुमान छ। हत्या गरिएका पत्रकारका पिताले सोही गाउँका प्रमुख झबर सिंहले आफ्नो छोराको हत्या गरेको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि