असोज ०६, २०८१, आइतबार
               

अपहरण मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

सुनसरी । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने वुदर भन्ने ३७ वर्षीय विदुर यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सुनसरीको २०७० साल असोज ६ गतेको फैसलाले उक्त मुद्दामा ११ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कोशी गाउँपालिका-७ बाट पक्राउ गरेको हो ।

यादवलाई जिल्ला अदालत सुनसरीको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि