असोज ०६, २०८१, आइतबार
               

एकै घरका ८ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

दाङ । दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका-४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का एकमा कारोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए । 

संक्रमित हुनेमा पाँच वर्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन् । शान्तिनगरका संक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनले बताए । संक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ ।

क्वारेन्टाइनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा संक्रमण भेटीएको हो । शान्तिनगरमा अहिले १२ सक्रिय संक्रमित छन्  ।


कस्तो लाग्यो ?

यो पनि