असोज ०६, २०८१, आइतबार
               

पूर्वसहायक गृह राज्यमन्त्री यादवको निधन

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

 पूर्वसहायक गृह राज्यमन्त्री सोनेलाल राय यादवको काठमाडौंस्थित वीर अस्पतालमा उपचारकाे क्रममा सोमबार निधन भएको छ ।

 ७२ वर्षीय पूर्वसहायक राजमन्त्री यादवकाे वीर अस्प्तालको आईसियुमा उपचारकाे क्रममा सोमबार दिउँसो करिब तीन बजे निधन भएको उनका जेठा छोरा रामगोपाल राय यादवले जानकारी दिए । 

सर्लाही जिल्लाको साविक खुटौना गाविस-४, हाल मलङ्ग्वा नपा- ६ घर भएका पूर्वमन्त्री यादवको परिवारमा श्रीमती, दुई छोरार एक छोरी छन् ।

पूर्वमन्त्री यादवको गृह जिल्ला सर्लाहीमा भोलि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि