असोज ०६, २०८१, आइतबार
               

आइसोलेसन तोडफोडमा संलग्न थप ४ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

संखुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा ती पक्राउ परेका हुन् । 

आइसोलेसन तोडफोड गरेका आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–७ का हिर बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ  गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए । 

क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेण्टर तोडफोडमा संलग्न भएका चारै जनालाई जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइसोलेसन सेण्टर तोडफोड गरेका आरोपमा यसअघि हिमाल किरण क्याम्पसका प्रमुख डा मातृका तिम्सिनालाई पक्राउ गरिएको थियो ।

प्रमुख डा तिम्सिनाको अगुवाइमा आइसोलेसन सेण्टर तोडफोड हुँदा हराएका सामानको खोजतलास भइरहे पनि अहिलेसम्म फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए ।  


कस्तो लाग्यो ?

यो पनि