असोज ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा थप २२४ जनालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा २२४ जना संक्रमित थपिएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्र १७७ जना संक्रमित थपिएका हुन् । त्यसैगरी भक्तपुरमा १४ र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि