असोज ०६, २०८१, आइतबार
               

सशस्‍त्र प्रहरीमा एसपीसहित ४१२ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । सशस्‍त्र प्रहरी बलमा एकजना एसपीसहित ४ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । 

हालसम्म मुलुकका विभिन्‍न स्थानमा कार्यरत ४१२ जनामा कोरोना संक्रमण देखिएको हो । सशस्‍त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार संक्रमितमध्ये १ सय ६५ जना डिस्चार्ज भइसकेका छन् ।

सक्रिय संक्रमितहरुमा प्रदेश १ मा २६, प्रदेश २ मा ६४, वाग्मती प्रदेशमा ५५, काठमाडौं उपत्यकामा ५६, प्रदेश ५ मा ४२, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित छन् ।
 

 


कस्तो लाग्यो ?

यो पनि