असोज ०६, २०८१, आइतबार
               

सिरहामा अज्ञात रोगका कारण चारजनाको  मृत्यु

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । सिरहामा चार जनाको  मृत्यु भएको छ । दुई दिनको बीचमा मृत्यु भएकाहरुमा एकैखालको लक्षण देखा परेको थियो । 

सखुवानन्कारकट्टी गाउँपालिका–१ कटैया गाउँमा मृतक भएकाहरुमा  टाउको दुख्ने, वान्ता आउने र बेहोस हुनेजस्ता लक्षण देखिएको बताइएको छ । 

फरकखालको लक्षण देखा परी मृत्यु हुनेमा कटैयाका ३५ वर्षीय रामउदगार मुखिया, ३० वर्षीय जितेश मुखिया, ३८ वर्षीय श्यामदेव यादव र ६५ वार्षीय कुसेश्वर मुखिया छन् ।

एकै खालको लक्षण देखा परी चारजनाको मृत्यु भएसँगै सो गाउँका बासिन्दा नै त्रासमा रहेको बताइएको छ ।मृतकका बारे थप अनुसन्धान भइरहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि