बैशाख २२, २०८१, शनिबार
               

उपत्यकाका खाद्यान्न पसल बिहान सवा नौ बजेसम्म मात्र खुल्ने

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । अब काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान सवा नौ बजेसम्म मात्र खुल्ने भएका छन् । 

दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

यो निर्णयसँगै अत्यावश्यक वस्तुमध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासुलगायत बिक्री वितरण गर्ने पसल बिहान मात्र खोल्नुपर्ने भएको छ। 

तर, औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाद रुपमा खोल्न दिइने निर्णय भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले जानकारी दिए । 

यो पनि