जेठ ०६, २०८१, आइतबार
               

धनुषामा पुन: सातका लागि निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले पुन : एक साताका लागि निषेधज्ञा थप गरेको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि आइतबार मध्यराति १२ बजेदेखि लागू हुने गरी भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराउन निषेधाज्ञा जारी गरिएको हो ।  यसका अलवा उनले स्थानीय प्रशासन ऐन दफा २०२८ अनुसार सो आदेश जारी गरिएको बताए । निषेधाज्ञा अवधिमा बिहान १० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउने  बताइएको छ । 

व्यापार तथा व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानिटाइजर प्रयोग गर्नु, सामाजिक दूरी कायम गर्नु र क्रेतालाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न प्रजिअ भट्टराईले आग्रह गरे । 

धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले यही साउन १९ गतेबाट शुरु गरेको एक साताको निषेधाज्ञाको अवधिलाई एक साता थप गरिएको हो । 

धनुषामा अहिलेसम्म एक हजार दुई सय ३१ जना संक्रमित छन् भने १० जनाको मृत्यु भएको छ ।त्यस्तै चार सय ४० जना सक्रिय संक्रमितमध्ये ८० जना आइसोलेसनमा रहेको बताइएको छ । त्यसैगरी, तीन सय ६० जना होम आइसोलेसनमा रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि