जेठ ०५, २०८१, शनिबार
               

कपिलवस्तुमा थप आठ दिन लकडाउन

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

तौलिहवा । समुदायमा कोराना संक्रमण फैलिएपछि कपिलवस्तुमा थप आठ दिन लकडाउन थपिएको छ । 

पछिल्लो समय थप भएको एक हप्ताको (लकडाउनको समयावधि) आइतबार राति १२ बजेसम्म थियो ।

जिल्ला प्रशासनमा आइतबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले जारी लकडाउन भदौ १५ गते (राति १२ बजे) सम्म लम्ब्याउने निर्णय गरेको हो ।

१५ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक अन्य सम्पूर्ण गतिविधि ठप्प पार्ने गरी जिल्लामा लकडाउन जारी गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

बैंक तथा वित्तिय संस्था भने विहान आठ बजेदेखि १० बजेसम्म न्यूनतम कर्मचारी राखेर खुलाउन सकिने प्रशासनले जनाएको छ । 

कपिलवस्तुमा साउन २६ गते राति १२ बजेदेखि लकडाउन घोषणा गरिएको हो । 

पछिल्लो समय जिल्लाभित्र समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै गएको बताइएको छ । 

कपिलवस्तुमा हाल सम्म १ हजार भन्दा धेरै कोरोना संक्रमण भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि