जेठ ०७, २०८१, सोमबार
               

ललितपुरमा बालिका बलात्कार आरोपी पक्राउ

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

ललितपुर महानगरपालिका-२८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारीलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि