जेठ ०६, २०८१, आइतबार
               

कास्की सेवा हस्पिटलमा दुईजनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

पोखरा । पोखराको कास्की सेवा हस्पिटलमा आईसीयुकक्षमा कार्यरत एक नर्स र उपचाररत अर्का एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

भदौ २ मा तनहुँकी  ५० वर्षीया कोरोना संक्रमितको मृत्यु भएपछि अस्पतालका ५२ जनाको स्वाब परीक्षण गर्दा दुईमा कोरोना संक्रमण पुष्टि भएको हो । 
पोखरा महानगर स्वास्थ्य महाशाखाका अनुसार आइतबार स्टार्फ नर्स र आईसियुमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । 
तनहुँकी महिलाको मृत्युपश्चात आइसियुमा सारेर उपचार गरिएको महिलामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि भएकी ती महिला तनहुँकी महिलाको मृत्यु हुनुभन्दा पनि पहिला उपचारका लागि अस्पताल आएकी थिइन् । 

हाल आईसीयुमा उपचारत महिलाका लागि  पोखरा विज्ञान प्रतिष्ठानमा लैजाने नर्सको (आइसोलेसन) व्यवस्था कहाँ गर्ने भन्ने विषयमा कुरा भइरहेको बताइएको छ । कोरोना संक्रमित महिलामा निमोनियाको समस्या पनि रहेको बताइएको छ । 

आइतबार दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८७० पुगेको छ । अहिलेसम्म गण्डकीमा सातजना कोरोना संक्रमितको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि