बैशाख २७, २०८१, बिहीबार
               

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । साझा पार्टीले कोरोना भाइरस संक्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौंसहित देशका विभिन्न स्थानमा पछिल्ला समयमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीले आज एक विज्ञप्ति मार्फत हालको जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभावमा समेत अहोरात्र बिरामीको सेवामा खटिइरहेका स्वास्थ्यकर्मीको उच्च सम्मान गरिनुपर्नेमा उल्टै छरछिमेकबाट सामाजिक विभेद तथा दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको जनाएको छ ।

विपद्को यस घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य भएको सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सबै नागरिकले त्यसो गरेमा मात्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साझा लडाईं केही सहज हुने सो पार्टीले जनाएको छ ।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न सरकारसँग माग गएिको छ ।

साथै देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टीले सबैलाई अपिल गरेको छ ।

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

काठमाडौंको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका थिए । शनिबार उनीहरुले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन् ।

सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई ५०–६० जनाको टोली आएर धम्क्याउँदै घर घेराउ गरेका थिए ।

बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाको महामारीको समयमा अनुमति बिना स्वास्थ्यकर्मीलाई होस्टलमा किन राखेको भन्दे धम्की दिएको रानाले बताए । 

यो पनि