जेठ ०६, २०८१, आइतबार
               

भरुवा बन्दुकसहित बाबुछोरा पक्राउ

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

निजगढ नगरपालिका-१ पिपलटारस्थित धन्सार खोलाबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित बाबुछोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५७ वर्षीय प्रेम बहादुर स्याङतान र ३३ वर्षीय जनक बहादुर स्याङतान रहेका छन् । विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी चौकी भरतगंज सिंगौलका प्रहरी सहायक निरीक्षक गजेन्द्र चौधरीको नेतृत्वमा खटिएको प्रहरीले शुक्रबार राति दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

उनीहरूको साथबाट दुई थान लोड भएको भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग हुने ३५ थान छर्रा, सात थान फलामको टुक्रा र बारुद बरामद गरेको प्रहरी निरीक्षक थपलियाले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि