जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया सफल भएको छ । स्त्रीरोग विशेषज्ञसहितको टोलीले शनिबार बिहान कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफलतापूर्वक गरेको हो ।

बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया उनी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगिकी थिइन् । परीक्षणको क्रममा उनमा कोरोना पुष्टि भएको थियो । 

थप उपचारका लागि सो अस्पतालले काठमाडौं वा  नेपालगञ्ज लैजान सुझाव दिए पनि उनी  कोहलपुर पुगिन् । तर, चिकित्सकले तत्काल शल्यक्रिया आवश्यक नरहेको भनेर आइसोलेसनमा राखी निगरानी गरिएको थियो । 

नवजात शिशुमा भोलि कोरोना परीक्षण गरिने बताइएको छ  । सो अस्पतालका अनुसार हालसम्म चार कोरोना संक्रमितले  गर्भवतीको शल्यक्रिया गरिएको छ । गर्भवतीका श्रीमानमा पनि कोरोना पुष्टि भएको छ । 

यो पनि