जेठ ०६, २०८१, आइतबार
               

४५ किलो गाँजासहित चालक र सहचालक पक्राउ

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

चितवन । इलाका प्रहरी कार्यालय चनौलीले ४५ किलो गाँजा सहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङको धाक्रे गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय इन्द्र वहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङ रहेका छन् ।

इन्द्र ट्रकका चालक हुन भने दोर्जे सहचालक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आज विहान भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौली बजारमा चेकजाँचका क्रममा वा ३ ख ७९५८ नम्बरको मिनी ट्रकमा लुकाई ल्याएको गाँजा सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चनौलीलले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि