जेठ ०६, २०८१, आइतबार
               

अवैध लागूऔषधसहित ५ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । पोखरा महानगरपालिका-२७ ज्यामिरेकुनाबाट १ किलो ४ सय ६० ग्राम अवैध लागूऔषध गाँजा र २ थान मोबाइल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२७ अर्घौं चोक घर भएका २३ वर्षीय सन्दिप बिक र सोही महानगरपालिका-१७ कालीगन्डकी घर भएका २९ वर्षीय किशोर तिमिल्सेना रहेका छन् । साथै अनुसन्धानको क्रममा सन्दिपको कोठाबाट थप १ किलो ४ सय ४० ग्राम लागूऔषध गाँजा समेत प्रहरीले फेला पारी बरामद गरेको हो ।

त्यस्तै घोडाघोडी नगरपालिका-१० पहलमानपुरबाट १ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोही ठाउँ बस्ने २० वर्षीय चक्र जयगढीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । बाँके, खजुरा गाउँपालिका-८ रनियापुर बस्ने २१ वर्षीय मोहम्मद सफिक खानलाई करिब ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी, धरान उपमहानगरपालिका-१६ लोकतान्त्रिक बस्ती बस्‍ने ३४ वर्षीय किरण धिमाललाई ६ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किरणले गाँजा लुकाई छिपाई घरबाटै बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले घर तलासी गर्दा बेच्नलाई तयारी बनाइ राखेको उक्त परिमाणको गाँजा फेला परी उनलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि