जेठ ०६, २०८१, आइतबार
               

मोरङका चार पालिकामा निषेधाज्ञा

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित रंगेली नगरपालिका, कटहरी र बुढीगंगा गाउँपालिकामा पाँच दिनका लागि निषेधाज्ञा जारी गरेपछि यी क्षेत्र सुनसान देखिएको छ । 

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि मानवीय गतिविधि कम गर्न निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञापछि मानवीय गतिविधि कम भएसँगै नगरक्षेत्र सुनसान देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार मध्यरातिदेखि भदौ १० गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । 

बैठकको निर्णय बमोजिम शुक्रबार मध्यरातदेखि विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ वडा कटहरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म, र रंगेली नगरपालिकाको ४ देखि ७ सम्मका वडामा पनि निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए  ।
 


कस्तो लाग्यो ?

यो पनि