बैशाख २१, २०८१, शुक्रबार
               

मृत्युपछि कोरोना संक्रमण पुष्टि, मलामी गएका थिए १५० भन्दा बढी

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

सिरहा । सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी हिँड्दाहिँड्दै एक्कासी बेहोस भएर ढलेका थिए ।

मिर्चैया नगरपालिका–४ कुथनमाका ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । 

पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट ग्रसित थिए । कोरोनाको जस्तो लक्षण देखा परेपछि मंगलबार ती पुरुषको स्वाब लिइएको थियो ।

उनको रिपोर्ट आउनु पूर्व बुधबार नै गाउँलेहरुले हिन्दु रितिरिवाजअनुसार दाहसंस्कार गरेका थिए । 

दाहसंस्कारपछि साँझ मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि गाउँमै त्रासमा छ ।  दाहसंस्कार गर्ने क्रममा १५० भन्दा बढी मानिस सहभागी भएका थिए । 

यसैबीच, सिरहामा तीन जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि