जेठ ०३, २०८१, बिहीबार
               

भदौ १६ देखि सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान हुने

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । भदौ १६ देखि सर्तसहित नियमित उडान भएका छन् ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै सो मितिदेखि नियमित उडान हुने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 

उनले सरकारले पीसीआर परीक्षण सहज भएका देशबाट सर्तसहितको नियमित उडान गर्ने बताएका छन् ।

‘दैनिक५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ,’ प्रवक्ता खतिवडाले भने, ‘यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।’

तर, उनीहरु काठमाडौंमा आएपछि सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टाइनमा राखिनेछ खतिवडाले जानकारी दिए । पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइट मात्र सञ्चालन  हुने बताइएको छ ।

यो पनि