जेठ ०६, २०८१, आइतबार
               

रामेछापमा शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा सुरु हुने

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

रामेछाप । रामेछापमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढिरहेका बेला सो जिल्लाले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अविधमा अत्यावश्यक सेवा, खाद्य पदार्थ, स्वास्थ्य, सुरक्षा, खानेपानी, दूध, तरकारी, फलफूल, विद्युत्, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापनबाहेक सबै प्रकारका उद्योग, व्यापारव्यवसाय सञ्चालन गर्न पाइने छैन । 

औषधि, खाद्यपदार्थ तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, विद्युत्, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, निर्माण सामग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमतिप्राप्त साधनबाहेक सबै सार्वजनिक र निजी सवारी साधन मोटरसाइकलसमेत सञ्चालन गर्न रोक लगाइएको छ ।

यसका अलवा प्रशासनले शैक्षिक संस्था, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल, सैलुन, पार्लर, हेल्थ क्लब र खेलकुद गर्न रोक लगाएको छ । 


कस्तो लाग्यो ?

यो पनि