बैशाख २५, २०८१, मंगलबार
               

चितवनमा एक साता निषेधाज्ञा थप गरियो

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

चितवन । चितवनमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजै राति १२ बजेबाट लागू हुनेगरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा गरेको हो ।

सो जिल्लामा यसअघिप ६  स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएको थियो ।

शुक्रबारबाटै लागू हुने गरी सुरक्षा समितिको बैठकले अत्यावश्यक सामान किन्न साँझ र बिहानको समयमा खुला गरिएकाबेला सवारी साधनको प्रयोग गरी लामो दूरीको यात्रा गर्ने र घुमफिरमा कडाइ गर्ने निर्णय गरेको छ ।

सो बैठकले पसलमा अत्यावश्यक सामान किन्न गएका बेला वा पैदल यात्रामा निस्किँदा सामाजिक दूरी  कायम गर्न आमनागरिकलाई आह्वान गरेको छ । 

हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ । सो जिल्लामा बिहीबार मात्रै २२ जना संक्रमित थपिएका छन् । यस जिल्लामा करिब ३० स्वास्थ्यकर्मी संक्रमित बनेका छन् भने  कोरोनाकै कारण चारको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि