जेठ ०६, २०८१, आइतबार
               

बिहान कतिबजेसम्म खुल्छ कालीमाटी तरकारी बजार ?

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा भएसँगै सम्पूर्ण बजार तथा पसल बन्द भएका छन् । उपत्यकामा १० गतेसम्म निषेधाज्ञा कायम रहनेछ ।

निषेधाज्ञाको पहिलो दिन (बिहीबार) कालीमाटीमा रहेको तरकारीको होलसेल बजार राति १२ बजेदेखि बिहान सात बजेसम्म खुलेको थियो । तर अब बजार खुल्ने समय बढाइने भएको छ । 

भोलि (शनिबार) देखि कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा बिहान ९ बजेसम्म बजार सञ्चालन हुन दिने सहमति भएको कालीमाटी प्रहरी वृतका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

यसअघि किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयावधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका थिए ।

कालीमाटी लगायत उपत्यकाका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले दिनभरि बजार खुलाउन भने नसकिने डीएसपी कुँवरले बताए ।

यसैबीच, ठूलो मात्रामा तरकारी खपत हुने काठमाडौं उपत्याकामा निषेधाज्ञा सुरु भएपछि तरकारी लगायतको वस्तु आयात घटेको छ ।

यो पनि