बैशाख १५, २०८१, शनिबार
               

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिए ।

ती पुरुषमा कोरोनाको लक्षण देखिएपछि भदौ १ गते स्वाब संकलन गरिएको थियो । ३ गते आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

आइसोलेसनमा बेड अभाव भएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए । मृतक पुरुषमा उच्च रक्तचाप र मधुमेह रोगको समेत समस्या रहेको वडाध्यक्ष कामतले जानकारी दिए ।

योसँगै विराटनगरमा ९ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि