बैशाख १५, २०८१, शनिबार
               

थप २६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो । 

भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै राप्ती नगरपालिकाको वडा नं. २ र ८ का गरी थप तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमित सबै जना क्वारेन्टाइनमा बसेका थिए । त्यसक्रममा कोरोना परीक्षणका लागि उनीहरुको स्वाब संकलन गरिएको हो ।

नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक-एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।

थप २२ जना संक्रमित थपिएसँगै चितवनमा कोरोना संक्रमितको संख्या ३०३ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि