बैशाख २३, २०८१, आइतबार
               

गोठमा बाँधेर राखेको गाई काटेर मासु भाग लगाइरहेका चारजना रंगेहात पक्राउ

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

त्रिशूली । गोठमा बाँधेर राखेको गाई चोरेर अर्कै ठाउँमा लगेर काटेको आरोपमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५ बाट चार जनालाई रंगेहात बिहीबार राति पक्राउ गरेको छ ।

काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको आरोपमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि