जेठ ०६, २०८१, आइतबार
               

निषेधाज्ञामा उपत्यका छिर्दै वा बाहिरिँदै त हुनुहुन्न ? कारवाहीमा परिएला

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेक जाँचमा कडाइ गरिएको छ । काठमाडौं उपत्यका कोरोना सङ्क्रमणको हटस्पट बनेसँगै जिल्ला प्रशासन कार्यालयहरूले गएरातिबाट लागू हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका छन् ।
यससँगै उपत्यका भित्रिन र बाहिरिन समेत कडाइ गरिएको छ ।

प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीले जाँचलाई कडाइ गरेको हो । विभिन्न नाका हुँदै राजधानी प्रवेश गर्न खोज्ने यात्रु  र सवारीसाधनलाई प्रवेश दिइएको छैन । तीनै जिल्लाबाट भित्रिने मुख्य नाका तथा जिल्लाका सहायक नाकामा पनि कडा चेक पारिएको छ ।

नागढुंगा नाकाबाट खाद्यान्न, फलफूल, औषधि, तरकारी र मासुजन्य सामग्री बाहेकका सवारी साधनलाई मात्रै उपत्यका भित्रिन दिइएको छ । एम्बुलेन्सहरू भने निर्बाध रुपमा उपत्यका भित्रिइरहेका छन् । निर्माणजन्य सामग्री र अन्य सामग्री लिएर आएका सवारीहरूलाई नाकाबाटै फिर्ता पठाइएको छ । 

उता भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाका सल्लाघारी–नगरकोट सडक र दूधपाटी नाकामा कडाइ गरिएको छ । सबै नाकामा कर्मचारी खटाएर नगर प्रवेश गर्नेहरूको विवरण सङ्कलन गरी आवश्यक निगरानी सुरु गरिएको छ ।

पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यका निषेधाज्ञा जारी गरिएको हो । विहीबार  मात्रै नेपालमा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ । बिहीबार मात्र काठमाडौं उपत्यकामा २ सय जना सङ्क्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि