बैशाख १४, २०८१, शुक्रबार
               

युवतीमाथि एसिड प्रहार गर्ने आलम र मुन्ना जेल चलान

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । ओखलढुंगाकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मद पुर्पक्षका लागि जेल चलान भएका छन् । 

सीतापाइलामा दही किन्नका लागि निस्केकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने आलम र मुन्न बिहीबार पर्पक्षका लागि जेल चलान भएका हुन् । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णजंग शाहको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

ओखलढुङ्गाकी २२ वर्षीया कार्कीमाथि साउन ८ गते सीतापाइलामा मुन्ना मोहम्मदले एसिड छ्यापेका थिए । मोहम्मद आलमको डिजाइनमा मुन्नाले एसिड प्रहार गरेकाले उनीहरुलाई घटना घटेकै दिन महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि