दाङ । गुडिरहेको एम्बुलेन्सबाट खस्दा दाङको लमही नगरपालिकामा एक महिलाको ज्यान गएको छ । एम्बुलेन्सबाट खसेर लमही नगरपालिका वडा नम्बर ७ वनघुस्री स्थायी घर राजपुर गाउँपालिका ७ भैँसाहीनाकी ३५ वर्षीया कमला विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेकी विकको बुधबार राति कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए
नेपालगञ्जबाट उपचार गरेर घर फर्किँदै गर्दा भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँ पुग्ने क्रममै ती महिला एम्बुलेन्सबाट खसेको बताइएको छ । ढोका खुलेर नलागेको अवस्थामा त्यही ढोकामा कमला अडिएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ ।
एम्बुलेन्सचालक प्रहरीको नियन्त्रमा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।