काठमाडौं । बुधबार रातिदेखि जारी निषेधाज्ञाको समयमा कसैको विवाह भए सात जनामात्रै सहभागी हुनुपर्ने भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको सूचनामा विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने उल्लेख छ ।
यस्तै मृत्यु संस्कारमा जान अवरोध नगर्ने जनाइए पनि संख्या भने उल्लेख गरिएको छैन ।