जेठ ०६, २०८१, आइतबार
               

एक हजार सवारी साधन नियन्त्रणमा, हजारभन्दा बढी मानिस सडकमै उभिए

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौंमा निषेधाज्ञा तोड्ने करिब एक हजार सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो १ बजेसम्ममा ८ सय ९३ वटा सवारी साधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उपत्यकाका ४० ठाउँमा प्रहरीले सवारी चेकिङ गरिरहेको र अत्यावश्यकबाहेकका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले जानकारी दिए ।

उपत्यकामा बुधबार मध्यरातिदेखि एक साताका लागि  निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञामा अत्वाश्यक कामबाहेक हिँड्डुल गर्नेलाई कारबाही गरिने एसपी गौतमले बताए ।

यता महानगरीय प्रहरी कार्यालयका अनुसार झण्डै १२ सय जनालाई राजधानीका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ। 

उनीहरुलाई एक घण्टा सडकमै उभ्याएर पठाइएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि