जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रिय झन्डा जलाउनेमाथि कारबाही हुने

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध महाशाखाले राष्ट्रिय झन्डा जलाउनेमाथि कारबाही हुने बताएका छन् । 
राष्ट्रिय झन्डा जलाएपछि पक्राउ परेका उनीहरुमाथि राज्यविरुद्धको कसूर र राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चल्ने भएको छ ।

राष्ट्रिय झन्डा जलाएको भन्दै प्रहरीले केही दिनअघि प्रहरीले आठ जनालाई  पक्राउ गरेको थियो । उनीहरुले राष्ट्रिय झन्डा जलाएर म्युजिक भिडियो बनाएका थिए । 

काठमाडौं प्रहरी परिसर, टेकुकले उनीहरुमाथि मुलुकी अपराध संहिताअनुसार कानुनी कारबाही अघि बढाउन जिल्ला अदालत, काठमाडौंले  सात दिनको म्याद दिएको जानकारी दिएको छ । 

पक्राउ पर्नेमा गायक तथा मोडल ज्ञाल्जेन दोर्जे तामाङ भन्ने रोजितकुमार तितुङ, मोडल लावाङ तामाङ भन्ने रोजित कुमार तितुङ, लावाङ तामाङ, प्रयास भन्ने चलाकमान तामाङ, भिडियो इडिटर सञ्जय भनिने हुतबहादुर तामाङ, कमलकुमार लामा तामाङ, गायक तथा मोडल किशोर, भिडियोग्राफर सञ्जितकुमार घिसिङ र गायिका दोलखाकी अरुणा थामी छन् । 

यो पनि