बैशाख १५, २०८१, शनिबार
               

१७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।

यसअघि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टाइनमा बसेका थिए ।


कस्तो लाग्यो ?

यो पनि