जेठ ०६, २०८१, आइतबार
               

निषेधाज्ञामा सुनसान उपत्यका, उल्लंघन गर्नेलाई सडकमा उभ्याइँदै

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाको पहिलो दिन विहीबार उपत्यका सुनसान देखिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन निषेध गरिएको छ ।

प्राय भिडभाड हुने काठमाडौंका सडकहरू निषेधाज्ञापछि सुनसान देखिएका छन् । पसलहरू पनि बिहान सात बजेसम्म मात्र खोल्न दिइएको छ । पसल खोल्ने समयमा बिहान केहीबेर मानिसको चहलपहल भए पनि दिउँसो भीड छैन ।

एक घण्टा उभ्याएर छाडिँदै

यस्तै निषेधाज्ञा तोड्नेलाई एक घण्टा उभ्याएर छाडिने गरिएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन सुरक्षाकर्मीलाई सडकका चोक तथा गल्लीहरूमा परिचालन गरिएको छ । निषेधाज्ञा तोडेर बाहिर निस्कनेहरुलाई सुरक्षाकर्मीले केही बेर होल्डिङ सेन्टरमा उभ्याएर छाड्ने गरेका छन् । 

बानेश्वर, कोटेश्वर, चक्रपथ, कलङ्की, न्यरोड लगायत विभिन्न चोक-चोकमा गोलो घेरा लगाएर होल्डिङ सेन्टर बनाइएको छ । त्यहाँ निषेधाज्ञा उल्लङ्घन गर्नेहरूलाई केही बेर होल्डिङ सेन्टरमा उभ्याएर छाडिँदै आइएको छ । 

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले भने, ‘अनावश्यक कामका लागी जथाभाबी हिँडडुल गर्ने र पासविना सवारी साधन चलाउनेहरूलाई व्यक्तिगत दुरी कायम राखी केही बेर उभ्याउने र अबदेखि निषेधाज्ञा पालना गर्ने सर्तमा छाड्दै आएका छौँ ।’

उल्लङ्घन गर्नेलाई जेल र जरिवाना समेत 

उपत्यकामा गरिएको निषेधाज्ञा पालना गराउन सुरक्षा निकायलाई पनि 'प्रभावकारी रुपमा परिचालन हुन' भनिएको छ । लकडाउन उल्लंघन गर्नेलाई जेलसम्म पठाउन सक्ने छ । संक्रामक रोग ऐन २०२० बंमोजिम लकडाउन उल्लंघन गर्नेलाई १ महिनासम्म जेल पठाउन सक्ने गृह मन्त्रालयका एक अधिकारीले बताए । 

‘निषेधाज्ञा उल्लंघन गरे एक महिनासम्म जेल पठाउने गरी प्रहरी र प्रशासनलाई निर्देशन गर्ने भनिएको छ,’ उनले भने, ‘निषेधाज्ञा प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन अब प्रहरी प्रशासनबाट कडी कडाइसाथ अनावश्यक आवागमन गर्नेलाई संक्रामक रोग ऐन २०२० को दफा लगाएर थुनासमेतको कारबाही गर्ने निर्णय भएको छ,  प्रहरी प्रशासनलाई पटक पटक नटेरेमा मुद्दा समेत चलाइन्छ ।’


कस्तो लाग्यो ?

यो पनि