जेठ ०६, २०८१, आइतबार
               

निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधन नियन्त्रणमा

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यकाका विभिन्न स्थानबाट आज बिहान १० बजेसम्म ५९४ सवारीसाधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल बढी छन् । महाशाखाका अनुसार ४१५ मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई 'छानबिनपछि मात्रै कहिले छाड्ने' भन्ने निक्र्यौल हुने उनले बताए ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन वटै जिल्लाका प्रशासन कार्यालयले सात दिनका लागि आजबाट निषेधाज्ञा जारी गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि