असोज ०६, २०८१, आइतबार
               

मन्दिरका पूजारीको गोली हानी हत्या, प्रहरीले थाल्यो गम्भीर अनुसन्धान

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । एक मन्दिरका पूजारीको गोली हानेर हत्या गरिएको छ । रौतहट जिल्लाको माधवनारायण नगरपालिकास्थित एक पुजारीको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

माधवनारायण– २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका श्रीराम शाह नाम गरेका पूजारीको हत्या गरिएको प्रहरीको भनाइ छ । यस घटनाबारे गम्भीर अनुसन्धान भइरहेको पनि बताइएको छ ।

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पूजारी शाहलाई अज्ञात व्यक्तिले कन्चटमा गोली हानेको थियो । पूजारीको कन्चटमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि