जेठ ०७, २०८१, सोमबार
               

असनका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ । 

काठमाडौं असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको भदौ १ गते राति मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षण गरिएको थियो । 

आज (बुधबार) आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयल स्रोतले जानकारी दिएको छ ।

ती वृद्धमा निमोनिया तथा छातीसम्बन्धी रोग रहेको समेत मन्त्रालयले बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि