असोज ०५, २०८१, शनिबार
               

बुधबार थपिए ६८१ जना काेरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जना काेरोना संक्रमित थप भएका छन् । 

योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी १३४ जना संक्रमित थपिएका छन् । 

विभिन्न प्रयोगशालामा ११ हजार ५२२ जनाको गरिएको पिसीआर परीक्षणमा ६८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सक्रिय सङ्क्रमित ११ हजार ११८ जना रहेका छन् ।

यसैगरी बुधबार १२० जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म १७ हजार ७०० जना सङ्क्रमित निको भई घर फर्किसकेको र मुलुकभरि क्वारेन्टाइनमा १३ हजार ५७१ जना रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि