असोज ०५, २०८१, शनिबार
               

बझाङ पहिरो: बेपत्ता दाजुभाइको शव फेला

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

बझाङ । बुङ्गल नगरपालिका-५ मिडीमा गएको पहिरामा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप ओखेडा  छन् ।

उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा पहिराले पुरिएका अवस्थामा निकालिएको हो । 

ठूला ढुङ्गा पहिरासँगै आएकाले उद्धारमा समस्या भएको थियो ।

आज बिहान करीब १ बजेतिर घरमाथिबाट आएको पहिराले स्थानीयवासी ताम्राकारको घर पूर्ण रूपमा पुरिएको छ ।

उनी भने रोजगारीका सिलसिलामा भारतको बैंग्लोरमा छन् ।

पहिरामा परेर उनकी ४० वर्षीया श्रीमती पिपला, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया टिन्टी भनिने सन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल घाइते भएका छन् ।

घाइते चारै जनाको खिरातडी स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ । 

घटनालगत्तै नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरामा पुरिएका चार जनाको सकुशल उद्धार गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि